मण्डला थिएटरको नाटक “महाभोज” बिराटनगरमा मञ्चन हुने

भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ मा जानुपूर्व नाटक महाभोजलाई बिराटनगरमा मञ्चन गरिने भएको हो ।

Page summary

भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ मा जानुपूर्व नाटक महाभोजलाई बिराटनगरमा मञ्चन गरिने भएको हो ।

Share this story

Facebook
Twitter
LinkedIn

प्रदेश सरकार, प्रदेश नं. १ को सहयोगमा र स्थानीय आरोहण गुरुकुल अनि लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा यस मण्डला थिएटर नेपालले चर्चित नाटक महाभोजलाई आगामी २०७६ माघ २२ र २३ गते प्रदेश नंं. १ को राजधानी बिराटनगरमा मञ्चन गर्न लागिरहेको सहर्ष जानकारी गराउँदछौं । भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ मा जानुपूर्व नाटक महाभोजलाई बिराटनगरमा मञ्चन गरिने भएको हो ।

मण्डला थिएटरको नाटक "महाभोज" बिराटनगरमा मञ्चन हुने 1

प्रसिद्ध भारतीय लेखिका मन्नु भण्डारीद्वारा लिखित नाटक महाभोज पछिल्लो समयको अत्यन्तै चर्चित र प्रशंसित नेपाली नाटक हो । अनुप बराल निर्देशति नाटक महाभोजमा रमेश बुढाथोकी, शेखर चापागाइँ, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, बिजय बराल, विप्लव प्रतीक लगायतको अभिनय रहेको छ ।

नाटक महाभोज हेर्न आउनुहन तथा कार्यक्रमको प्रचारप्रसार तथा  सफलताका लागि आआफ्नो क्षेत्रबाट सहयोग गरिदिन हुन सवै पत्रकार साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रमसम्बन्धि प्रेस विज्ञप्ति तथा नाटक सम्बन्धि थप जानकारी यसै सामाग्रीमा नै सँलग्न गरिएको छ ।

Attached Resources

प्रेस विज्ञप्ति (नेपाली) मण्डला थिएटरको नाटक "महाभोज" बिराटनगरमा मञ्चन हुने बारेको प्रेस विज्ञप्ति Go to Link
बाह्रखरीमा प्रकासित समाचार यसै विषयमा बाह्रखरी डट कममा प्रकासित सामाचार सामाग्री Go to Link