Rogan (रोगन)

श्न कसरी गर्दा त्यो प्रश्न जस्तै हुन्छ ? सिधा कुराको बांगोटिंगो प्रश्न गर्न मिल्छ ? अथवा बांगोटिंगो प्रश्नको सिधा उत्तर कस्तो होला ? हो, होइन र होला बीचमा कति दूरी हुन्छ ? रंग लगाईरहेका एक हुल मानिसहरूको कथा हो नाटक रोगन |
Starts on : March 4, 2022
Ends on : March 20, 2022
Event Type : Theatre

Rogan (रोगन)

नाटकको बारेमा

प्रश्न कसरी गर्दा त्यो प्रश्न जस्तै हुन्छ ? सिधा कुराको बांगोटिंगो प्रश्न गर्न मिल्छ ? अथवा बांगोटिंगो प्रश्नको सिधा उत्तर कस्तो होला ? हो, होइन र होला बीचमा कति दूरी हुन्छ ? रंग लगाईरहेका एक हुल मानिसहरूको कथा हो नाटक रोगन | ती मानिसहरू जो रंगीन काम गरीरहेका छन् तर रंगहीन जिन्दगी बाचिरहेका छन् । उनीहरूभित्र प्रश्न छन्, समस्या छन्, उल्झन छन्, अस्पष्टता छन् । रंगकर्मी (यो शब्दमाथि नेपालका नाट्य कलाकारहरूको प्याटेन्ट कपिराइट नभएकोले यहाँ प्रयोग गरिएको) का कपडामा लागेका अस्तब्यस्त रंगका छिटाझै धेरै कुरा उनीहरूको जीवनमा नमिलेका छन् । असंगत जस्तै लाग्ने, तुक नलाग्ने तुकहरू छन् । तर अस्तव्यस्त रंगका छिटाहरूले कहिलेकाहिँ सुन्दर सृजना पनि बनाउँछन् । बेतुकका कुराहरूले कहिलेकाहिँ सामान्य तर गहिरो जीवनदर्शन पनि भन्छन् । उस्तै लाग्ने फरक चरित्रहरूका आ-आफ्ना फेन्टासीको कथा नै यो नाटकको मुल कथा हो । हामीले देखिरहेको, भोगिरहेको समाजको कथा हो, केहि फरक तरिकाले भन्ने प्रयास गरेका छौं । तपाईहरूले फरक तरिकाले बुझिदिनुभयो भने झन् काइदा हुन्छ । भन्छन् नि, बुझ्ने कुरा ठ्याक्कै यही नै हो भन्ने नभएपछि सो कुरा जसरी बुझेपनि हुन्छ । असान्दर्भिक सान्दर्भिकता जस्तै ।

लेखकीय

हरेक पटक केहि लेख्दा कुनै नयाँ आकाशमा शयर गर्न पाईन्छ । मेरोलागि लेख्नुको सुन्दर पक्ष यहि नै हो । यो नाटक लेख्नु कतै कुनै बांगोटिंगो ध्रुवतिर सयर गर्नु जस्तै थियो । अलिकति बांगिएर हेर्दा संसार पनि बांगोटिंगो देखिने रहेछ । थाहा छैन, बांगाटिंगा चरित्रहरूमा आश थुपारेर लेखक कहाँसम्म पुग्न सक्छ ? या थाहा छैन, यो समाजको ऐना कुन समाजको अवधारणासँग मेल खान जान्छ ? प्रश्नैप्रश्न छन् । कथाको बांगोटिंगो तह निर्देशकको दिमागमा जन्मिएको हो | नाटक निर्माणमा चरित्र निभाईरहेका कलाकारले आफैले लेखेका कथा पनि मिसिएका छन् । समग्रमा यो सबैको नाटक हो । प्रश्न गरीराख्न पर्छ भनेर सिकाउने मेरा गुरू राजन सरलाई धेरै धेरै धन्यवाद ।

-सम्योग गुरागाई

निर्देशकीय

बिउ हरायो | आर्जेको ज्ञान ? कमाएको चेत ?

मुहारको चित्र मेटियो | सिटामोल …| आगो हरायो ।

संयोगले सम्योग भेटिए ।

कलाकारहरू ढुंगा चपाउादै छन् ।

इटा, गिट्टी, बालुवा जिन्दावाद ।

सेतो कपालमा रोगन गर्दैछु म |

नाटक मर्यो,

तपाईको मनमा मुस्कान, मस्तिष्कमा प्रश्नमाला

हाम्रो भेट एक्कासी | तपाईको हेराई।

समाप्त एक अध्याय अर्को अध्याय ….. ।

— राजन खतिवडा

मण्डलावाणी

कोरोना महामारीको प्रकोपले संसारलाई धेरै दुख दियो | त्यसको स्वभाविक असर थिएटरमा पनि पर्यो । नाटकघरहरू लामो समय बन्द रहे । कलाकारहरूका काम रोकिए । संक्रमणको पहिलो तरंग साम्य भएपछि मण्डलामा हामीले हरेक वर्ष चलाउँदै आएको तीन महिने प्रशिक्षण कार्यक्रम थिएटर ल्यावको आठौं ब्याच शुरू गरेका थियौं । तर महामारीले स्वरूप फेर्दै हाम्रो जनजीवनलाई उथलपुथल पारिरहयो । आठौं ब्याचमा सहभागी प्रशिक्षार्थीहरूले चैनसँग प्रशिक्षण लिन पाएनन् तर पनि उनीहरूको अदम्य उर्जा कायमै थियो । कहिले अनलाइनमार्फत जम्मा भएर त कहिले भौतिक उपस्थितिमै सुरक्षा मापदण्ड अपनाएर कक्षाहरू सञ्चालन गरियो । विद्यार्थीहरूले अनलाइन मार्फत अभ्यास प्रस्तुति मञ्चन पनि गरे । र, कोरोनाको सन्ताप कम भएपछि डेढ महिनायता उनीहरू नियमित भेटेर अन्तिम अभ्यास प्रस्तुतिको तयारी गरीरहेका छन् । यसरी पुरापुर एक वर्ष तयारीको प्रतिफल भएर नाटक रोगन तपाईहरूसमक्ष आएको छ । तर यो नाटकमा आठौं ब्याचका प्रशिक्षार्थी मात्र सामेल छैनन् । विविध कारणवश केही प्रशिक्षार्थीहरूले अन्तिम अभ्यास प्रस्तुतिका लागि अतिरिक्त समय दिन सकेनन् र हामीले मण्डलाकै विभिन्न अघिल्ला कार्यक्रमका विद्यार्थीहरूलाई आमन्त्रण गरेर यो नाटक तयार पारेका हौं । संयोगवश, थापागाउँमा नवनिर्मित नाट्यभूमिमा मञ्चन हुने यो पहिलो नाटक बनेको छ । यस अवसरमा हामी अत्यन्तै हर्षित छौं। नाटकका विद्यार्थीहरूले देखाएको यो तदारूकता र समर्पणका लागि उनीहरूलाई धन्यवाद भन्दै आगामी दिनमा सफलताको लागि शुभकामना व्यक्त गर्दछौं। यहाँसम्मको यात्रामा सघाउनुहुने सवैप्रति हार्दिक आभार प्रकट गर्दै नाटक हेरेर प्रतिक्रिया दिनुहुन तपाईहरूलाई आग्रह गर्दछौं ।

-सोमनाथ खनाल

 

 

Event Summary

Starts

March 4, 2022
5:00 PM

Ends

March 20, 2022
5:00 PM

LOcation

Mandala Theatre, Thapagaun, New Baneshwor

Organizer

Mandala Theatre-Nepal

Type

Theatre

Entry

Ticket Event

Booking

015245147 (from 11 AM to 4 PM)

More Information

Share this Event

Facebook
Twitter

Shows Detail

Everyday at 5 PM. Additional show at 1 PM on every saturdays. Closed on Mondays.

A3_date revised

Ticket Information

Ticket TypePrice
Tuesday-SundayRs. 500
Wednesday- ThursdayRs. 300
A Valid student ID is required for Student Discount.