चक्र (A Sensory Theatre Performance)

Starts on : July 20, 2023
Ends on : July 30, 2023
Event Type : Theatre

चक्र (A Sensory Theatre Performance)

नाटकको बारेमा

जीवन र संघर्ष एक सिक्काका दुई पाटा हुन्। संघर्ष रहे सम्म जीवन रहेने छ। जीवन जिउनकोलाई पर्याप्त मात्रामा शारीरिक र मानसिक उर्जाहरु प्रवाह भैईरहनु पर्दछ। नत्र जीवन नरहन पनि सक्छ। जीवन र संघर्ष एक वस्तु र शक्ति जस्तै हो। जब दुवै एकसाथ हुन्छन, त्यहाँ गति सिर्जना हुन्छ। अनि त्यो गतिले जीवनमा चमकहरू सिर्जना गर्दछ। र ती चमकहरू जीवनको गाडी चलाउने इन्धन हुन्। यदि  जीवनमा कुनै संघर्ष छैन भने त्यो जीवन एक निर्जीव जीवन जस्तै हुनेछ।

चक्र/पाँग्रा, जीवन र सङ्घर्षको अभिव्यक्ती हो। यो जीवन रहे सम्म, जीवन रुपी पाँग्रा जीवनका उकाली ओराली गर्दै निरन्तर आगाडी बढिरहेनेछ। यात्राको क्रममा साथीहरु भेटिने छन्, छुटिने छन्। खुसी मिल्ने छ,  दुख भोगिने छ। कैले एक्लै होइन्छ त्, कहिले साथीहरुको बिचमा पनि एक्लो होइन्छ। दिन र रात, प्रकाश र छाँया जस्तै जीवनमा आउने र जाने,  घट्ने र बढने क्रम निरन्तर चलि रहने छ।

एउटा मान्छे जन्मन्छ, अनि जन्मछ, भोक – तिर्खा, रहर – सपना, माया – घृणा  अनि अरु तेस्तै तेस्तै तत्वहरु। अनि शुरु हुन्छ जीवनको वास्तविक यात्रा। पाउदै गुमाउदै अगी बढिरहेनेछ जीवन अनवरत रुपमा। आशा र सपनाहरु बोकेर जीवनको यात्रा निरन्तर जारि रहने छ, जीवन रहे सम्म।

आउनुस संवेदी प्रक्रिया मार्फत हाम्रो आफनै जीवन र संघर्षलाई बुझौं।

 

About the play

Life and struggle are the two parts of a coin. Wherever struggle, there is life. Life requires a considerable amount of physical and mental effort; otherwise, it will collapse. Life and struggle are like an Object and Force. When both merges together, they create motion. Motion creates the sparkles, and sparkles are the fuel for living. Life will be just an inanimate thing if there are no struggles.

Chakra / Wheel is an expression of life and struggle. As long as this life exists, the wheel of life will continue to move on with the ups and downs. Friends will be met and separated during the journey. There will be happiness; there will be suffering. Sometimes you feel alone; sometimes, you are alone, even among friends. It is the ongoing process of gaining and losing, increasing and decreasing, coming and going, like day and night, light and shadow.

A person is born and born hunger – thirst, desire – dream, love-hate, and other similar elements. Then starts the real journey of life. It lasts as long as the body exists.

Let us understand our own lives and struggles through the sensory process.

Director’s Note

गत वर्ष म परिवारको साथमा गोसाई कुण्डको यात्रामा गएको थिएँ। झन्डै २ वर्षको कोरोनाको दर्दनाक पिडालाई भुलेर, म जस्तै हजारौ मानिसहरु गोसाई कुण्ड तिर्थ यात्रामा थिए। त्यो भूगोल मैले बाँचिरहेको वा भोगिरहेको भन्दा बिल्कुल भिन्न थियो। ४००० मिटर भन्दा माथिको त्यो भूगोल मानिसहरुको लागी अनुकुल थिएन। भूगोलको गुण अनुसार जति जति माथि चढ्दै जान्थौ , जीवन झन्  झन् कस्टकर हुदै थियो। पहाडहरु नाङ्गा थिए,  वनस्पतीहरु छैन बराबर थिए। उचाई बढे सँगै लेक लाग्ने र अक्सिजनको कमीले श्वास प्रस्वास प्रकिया गार्हो हुदै थियो। तैपनि मानिसहरुमा यात्राको भोक थियो। कष्ट सहेरै पनि मानिसहरु लक्ष्यमा पुग्न जागरुक थिए। भूगोलको उचाई बढे सँगै मानिसहरुमा चुनौती थपिदै थियो।  हरेक १०० पाइला हिडें पछि एउटा लामो सुस्केरा लिँदै शरीरलाई आराम दिनु पर्ने बाध्यता थियो। बाटो लामो लाग्दै थियो, कसैले तन्काई दिए जस्तो। उकालो चड्दै गर्दा बादलको डल्लो शिरै माथि आकाशमा झुन्डिरहेको थियो, लाग्थो उफरेरै भेटिन्छ। दृश्य मनोरम थियो। मन लाग्थो की, त्यो बादलको डल्लो समातेर हत्केलामा खेलाउँ। यथार्थमा भने हिडन नसकेर शरीर जमिनमा लछारी रहेको थियो, तर मन भने आकाशको बादल टिप्न खोज्दै थियो ।

यी यावत समस्याको बाबजुत पनि हजारौ मानिसहरु आस्था र बिश्वास बोकेर त्यो संघर्षपूर्ण यात्रा गर्दै थिए। रहर बोकेर, सपना साँचेर, सास्ती भोग्दै, असुविधा, कठिनाइको बाबजुत पनि मानिसहरु लक्ष्यमा पुग्न आतुर थिए। संघर्ष गर्दै थिए। सकी नसकी शरीरलाई घिसार्दै थिए। त्यो हजारौको भिडमा कसैको पनि अनुहार एक अर्को सँग मिल्दो जुल्दो थिएन। सायद मन पनि एउटै थिएन होला तर यात्रा भने सबैको एउटै थियो। यात्राको कारणहरु फरक फरक थियो होला तर गन्तव एउटै थियो। शरीर एउटै थिएन, बिश्वास एउटै थिएन, उमेर एउटै थिएन , उर्जा एउटै थिएन, चाल एउटै थिएन, तर पनि यात्रा एउटै थियो, गन्तव एउटै थियो। कोही लम्केका थिए, कोही सुस्त थिए। शरीर अनुसार, मन अनुसार, शक्ती अनुसार, ज्ञान अनुसार मानिसहरु अगाडी बढी रहेका थिए। एउटा लक्ष्य लिएर, आस्था अनि बिश्वास बोकेर, शरीरलाई दुख दिएर मनलाई आनन्द दिन, आत्मा सन्तुष्टी लिन, रहरलाई पुरा गर्न।

त्यो यात्राको क्रममा मेरो मनमा एउटा प्रश्न उब्जियो जीवन र संघर्स के हो? के का लागी मानिसहरु, संघर्ष गर्दै छन्?  सायद तपाईहरुलाई पनि कहिले काँही यस्तो प्रश्न मनमा आउछ होला। मेरो मनमा सिर्जित त्यो प्रश्नलाई मैले संवेदी तत्वहरू/औजारहरु प्रयोग गरेर प्रस्तुत गर्ने जमर्को गरेको छु।

मलाई लाग्छ,  एउटा मान्छे जन्मन्छ। जन्मदा उसको कुनै चरित्र, मनोवृत्ति, अपेक्षा, लक्ष्य, चाहना आदि केही हुदैन। उ मात्र बाँच्न चाहन्छ। भोक र तिर्खा लिएर जन्मेको मान्छे क्रमस हुर्काई सँगै सामाजिक तत्व धारण गर्दै जान्छ। बाँच्ने शिलशिलामा,  उसको  सामाजिक तत्वहरु सँग  सामिप्यता बददै जान्छ अनि आफ्नै शरीर, मन र दिमाग मार्फत, उसले आफ्नो वरपरको संसारलाई बुझ्छ। उ आफ्नो वर-पर भैरहेको, घटीरहेको हरेक कुराहरु जान्न धेरै उत्सुक हुन्छ। उ आफ्नो शरीर र दिमाग मार्फत एक दम  रुचिका साथ आफनो वर-परको भूगोल, बनावट, संस्कृति, समाज, जीवन, माया, प्रेम, सुख- दुख, दिन-रात, जीवन- मृय्तु, कर्म-फल,  सबै कुराहरु बुझ्ने कोसिस गर्छ। यसैक्रममा उसको शरीरको विकास हुन्छ, मनको विकास  हुन्छ,  बिचारको विकास हुन्छ, रहरको विकास हुन्छ, अनि परिवार,समाज, राष्ट्र र उसको आफैनै रुची अनुसार उ आफनो जीवनको चरित्र धारण गर्छ,  लक्क्ष निर्धारण गर्छ। अनि शुरु हुन्छ उसको वास्तविक जीवन लिला यस भौतिक संसारमा।

समय क्रम सँगै उसको जीवन कहिले पानी जस्तै बग्छ त् कहिले पानी जस्तै जम्छ। बग्नु र जम्नु  जीवनको यात्रा हो। यात्रा संघर्ष हो। बग्ने र जम्ने क्रममा भावनाहरु सिर्जना हुन्छन, जसलाई हामी सुख दुख भन्छौँ।  यही सुख र दुखले  जीवनलाई उर्जा दिन्छ। यसैले नै जीवन रुपी गाडीलाई अगाडी बढाउन मद्दत गर्छ। मैले जीवनलाई, यसरी नै बुझेको छु। यो यात्रा शरीर रहेसम्म रही रहन्छ। तेस पछी के हुन्छ मलाई पनि थाहा छैन।

समय बिहानी बाट शुरु भएर दिन,  साँझ, अनि रात हुदै सकिन्छ र पुन अर्को दिन, बिहानी हुदै अगाडी बढछ। मानिसहरुको जीवन पनि दिन जस्तै जन्म, वालापन, जवानी, वयस्क, बुढेउली हुदै मृत्युमा पुगेर सकिन्छ। समय एउटा चक्र हो। यो निरन्तर आफनो यात्रामा छ। जीवन पनि यात्रा हो तर जीवनमा मृत्यु पछी जन्म हुन्छ की हुदैन थाहा छैन। तर जीवनमा जन्म देखी मृत्यु सम्म जानेर वा नजानेर गरिने हरेक कार्यहरु जीवनका इन्धन हुन्। इन्धनले नै गती पैदा गर्छ, गतिले भावनाहरु, अनि भावनाले जीवनहरु।

हामी फरक छौँ। म तपाई जस्तो छैन र तपाई पनि म जस्तो हुनुहुन्न। शारीरक रुपमा मात्र होइन मानसिक रुपमा पनि हामी कहिल्यै उस्तै हुन् सक्दैनौ। यो मानवीय बिबिधता हो। तर हामीले बाँचेको यो भौतिक संसार एउटै हो। हाम्रो संसार बुझ्ने र बुझाउने तरिका फरक छन्, हाम्रो मन जस्तै। तपाइको जीवन – तपाईको संघर्ष, तपाइको ज्ञान – तपाइको विवेक, तपाईको कर्म – तपाईकै फल। सबै तपाई नै हो।

आउनुस एउटा यात्रा गरौँ, मैले कल्पना गरेको एउटा संसारमा। तपाईको आफनो  जीवन र संघर्षलाई पुनर्जागरण मिल्छ की?  १ घण्टा, तपाई आफनो मनले जिउनुस, आफनो क्षमतमा जिउनुस, आफनो विवेकले जिउनुस।

स्वागतम।

सम्पूर्ण संघर्षशिल मनहरुमा, म यो प्रस्तुती समर्पर्ण गर्न चाहन्छु।

राम हरि ढकाल

Event Summary

Starts

July 20, 2023
4:00 PM

Ends

July 30, 2023
6:00 PM

LOcation

Mandala Theatre Hall

Organizer

Mandala Theatre Nepal

Type

Theatre

Entry

Ticket Event

More Information

Share this Event

Facebook
Twitter

Event Duration

70 mins

Shows Detail

Shrawan 04-18, 2080 (July 20-30, 2023) ,Everyday at 4 PM (Except Mondays), Additional show on Saturday at 1 PM

Event Credits

Sound, Light & Sensor

Aksel Høgenhaug

Music

Keshav Raj Acharya

Stage Manager

Kedar Shrestha

Concept, Design & Direction

Ram Hari Dhakal

Technical Support

Umesh Tamang

Scene Construction

Other Artists

Special Thanks

Suraj Shrestha, Darpan Timalsena, Carle Lange, Som Nath Khanal, Rajan Khatiwada, Sebastian Sander, Trilok Sharma, Kamala Wasti, Himal Dhakal, Suresh Karki

The Wheel poster Nepali

Ticket Information