मान्छेको जीवन सम्बन्धहरुले बाँधिएको हुन्छ र ती सम्बन्धहरुमा खुशी अनि सपना जोडिएको हुन्छ । सँगै बाध्यता अनि रहरहरु पनि जोडिएका हुन्छन् । यी सम्बन्धहरुलाई बाध्यता अनि रहरहरुले अल्झाइरहेको हुन्छ । र ती अल्झिरहने, पर्खिरहने सम्बन्ध भने सधैं एकपक्षीय हुन्छ । तिनै अल्झिरहने, पर्खिरहेन सम्बन्धको कथा हो, नाटक ‘जुन त लग्यो ताराले’ ।
