Jhimke Mama (झिम्के मामा)

Jhimke Mama is a social realistic drama. The play is a satire which tries to show the effect of social and culturally intertwined racial divisions and caste system on the thinking of common people.
Starts on : January 18, 2020
Ends on : February 9, 2020
Event Type : Theatre

Jhimke Mama (झिम्के मामा)

Jhimke Mama is a social realistic drama. The play is a satire which tries to show the effect of social and culturally intertwined racial divisions and caste system on the thinking of common people. In addition this play also hits hard to our current social structure according to which the character and usability of any person his determined by his birth and color.

झिम्के मामा सामाजिक यथार्थवादी नाटक हो। यसले सामाजिक तथा सस्कारिक रुपमा जकडिएर रहेको जातिय बिभाजन र वर्णव्यवस्थाले कसरी आम मानिसको सोचमा प्रभाव पारिरहेको छ र कुनै पनि व्यक्तिको चरित्र तथा उपयोगिता उसको जन्म र वर्णले कसरी निर्धारण गर्छ भन्ने कुरामा आधिरित भएर व्यङ्ग गर्छ ।

मण्डलावाणी 

झिम्के, पिके र म अर्थात मण्डला। मण्डला थिएटर नेपालमा प्रदिप कुमार चौधरी र म रंगमञ्चीय एक यात्राको दशक पार गर्यौं। हामी एकदम नजिक छौँ। पिके दाई आफैमा कामप्रति हठि हुनुहुन्छ । चाहेको र गर्न मन लागेको काम जसरी पनि गर्नुहुन्छ । मण्डलाका मञ्चमा हामीले धेरै नाटकमा सँगै काम गयौं, केहि देश विदेशमा नाट्य यात्रा पनि गयौं । पिके दाजु, मेरो साथी र सहकर्मी हरेक रूपमा उहाँसँग म नजिक छु । वहाँ अभिनेताका साथसाथै नाटक लेखक, प्रशिक्षक र निर्देशक पनि हुनुहुन्छ । नाटक निर्माणमा उहाँको आफ्नै शैली छ । आफ्नै लेखनका ‘मसानटार’, ‘कालापथ्थर माथि…’ पछि ‘झिम्के मामा’ मण्डला थिएटरको लागि पिके दाइको तेस्रो निर्देशन हो । ‘झिम्के मामा’ समाजिक यर्थाथवादी नाटक हो । समाजका सिमान्तकृत वर्गको कथालाई मुल विषय बनाएर नाटक ‘झिम्के मामा’ तयार भएको छ । समाजका विभिन्न रंग रूपहरू हुन्छन् । ‘नौरंगी डाँफे र इन्द्रेणीबाट रंग छुट्याउनु हुन्न, त्यसरी नै समाजका मानवीय रंगभेद विकराल हुन्छ ।’, भन्ने भाव बोकेको छ । यो समाजले कसैको काम स्वीकार्य गर्छ भने उसको अस्तित्व पनि स्वीकार्नु पर्छ’, भन्ने सन्देश बोकेको छ । नाटकमा कलाकार सम्पुर्ण साथीहरू मेरा प्रिय हुनुहुन्छ । नाटकका लागि पिके दाई अनि सम्पुर्ण टिमलाई बधाई तथा नाटकको सफलताको शुभकामना ।

विजय बराल, सचिव, मण्डला थिएटर नेपाल

कथासार  (Jhimke Mama)

झिम्के मामा चरित्र प्रधान नाटक हो । नाटकमा चरित्रहरूको माध्यमबाट एउटा समाजको यथार्थ चित्रण गर्न खोजिएको छ। ‘झिम्के मामा’ को प्रारम्भ एउटा काल्पनिक गाउँ जसको नाम देउरालीबाट शुरू हुन्छ । झिम्के पराई गाउँवाट आई केहि वर्षदेखि देउरालीमा बस्दै आएको छ । त्यहाँ बस्दा झिम्केले देउरालीको मुहार नै फेर्छ । विकास निर्माणका काम गरेर गाउँकै परिचय वदलिदिन्छ । तर जव झिम्केको यथार्थ खुल्छ तब सबैको प्यारो मानिएको पात्र झिम्के सबैको नजरमा छि छि दुर्दरको पात्र हुन्छ। सयौंको जन्ती र मलामी गएका झिम्के आफु मर्दा तीन दिनसम्म उसको लास उठाउने मान्छे पनि पाउँदैन । नाटक ‘झिम्के मामा’ कर्मले जितेर जन्मले हारेको पात्रको कथा हो । व्यवहारले जितेर परम्परा र अन्धविश्वासको चपेटामा पिसिएको एउटा पात्रको कथा हो । सामाजिक संरचनाले ओझेलमा पारेको व्यक्तिको कथा हो, नाटक झिम्के मामा।

लेखकीय/निर्देशकीय 

नाटक मेरो लागि उत्कृष्ट साहित्यिक विषय हो । अभिनय मेरो पढाई, नाटकको पुस्तक अध्ययन मेरो रूचि, नाटक वा अभिनय अध्यापन मेरो अभ्यास, नाटक लेखन जिवन र निर्देशन मेरो परिक्षा हो । मण्डला थिएटर नेपालको १० वर्षे सिकाईमा मेरो यो तेस्रो परिक्षा हो । मञ्चनको हिसाबले यो चौथो नाटक हो । ‘झिम्के मामा’ मानवीय संवेदना हराउँदै गईरहेको अहिलेको समाजमा, सामाजिक संरचनाकै कारण कर्मले जितेर पनि जन्मले हारेको एक चरित्रको कथा बोकेको छ । नाटक दलित पात्रको सांकेतिक प्रयोग मात्र हो । खासमा हरेक पल हरेक मान्छे झिम्के को जिवन बाँचिरहेको हुन्छ। नाटकको कथा धेरै कलाकारलाई सुनाए, ज-जसलाई सुनाए सबैजना झिम्केका लागि आफू फिट नै भए तर भिम्के मामामा भने मञ्चसम्म आइपुग्ने टिम बल्ल जुर्यो । बारम्बार झिम्के मामा को कथा सुनाएर मलाई लेखन र निर्देशन गनं झक्झकाउने अधिवक्ता दाजु दुर्गाप्रसाद पाण्डेय यस कथाको बीउ हुनुहुन्छ । अन्ततः आजबाट ‘झिम्के मामा’ तपाईको!

-प्रदिप कुमार चौधरी, लेखक निर्देशक

“साथी हराएको म” 

बुटवल दक्षिण दुर्गम गाउँमा जन्मेको म छ वर्षपुरा हुँदा पनि म स्कूल जान नमाने पछि बुवाले नराम्रोसंग कुटनुभो, आमाले फकाउँदै सोध्नुभो के भए पढ्न जान्छौ? मैले भने कालेले गुलेली,धुर्रा खेलाएर घर बस्दा हुने, म पढ्न जानुपर्ने / नपढे के हुन्छ? जान्न स्कूल भनेर उसैसंग गुलेली र भुरू खेलाउन जान्थें । मेरो कुरा सुनेर बुवाले कालेको पनि पढाई खर्च व्यहोर्छ भनेर उसका बावुलाई सम्झाएपछि हामी नर्कमा भना भयो । उसले बुद्धि दिन्थ्यो, पढ्न त पर्छ,अरूभन्दा जान्नेवुझ्ने पनि हुनुपर्छ तर जॉचमा उल्टो लेखेर भाएपनि फेल हुन पाइयो भने धेरै पढ्न पर्दैन, हरेक कक्षामा १/१ चोटी फेल भयौं भने पाँच कक्षा पुग्दा १६ बर्षको पनि भइन्छ, त्यस पछि त नागरिकता बनाएर कि सेनामा भर्ती हुनुपर्छ, कि लाहुर जानुपर्छ, भन्थ्यो । मैले पनि सहमतीमा हुन्छ भन्थे । दैवको नियति / गुजारा नचलेरै होला उसका बावुले अन्यत्रनै बसाई सर्ने निधो गरेछन् । जाने बेलामा छालाले बेरेको गुलेली दिदै ५ कक्षा पछि भर्ती हुने हो, भएन भने लाहुर जाने हो, तँलाई भेट्न आउँछु भन्दै मसँगबाट अस्ताएको कालेको परिवार बिस्तारै बर्दघाट, कावासो तीर चितवनको माडीसम्म बसाई सरेको हुलिया थाहापाएँ । सायद माडीमा फैलिएको औलो, हैजाको महामारीबाट बच्न शिखर ठाउँ खोज्दै मकवानपुरगढीसम्म पुगे होलान् उनीहरू, त्यहाँ पनि गुजारा नचलेपछि भौंतारिदै टिस्टु· पाल को कुनै दलित बस्तीमा सरे होलान् भन्ने मलाई लाग्छ । आज म पनि ५० को लागें, उसले भने झै जिवनमा धेरै पटक फेल भएँ। उ भेटिन्छ कि भनेर लखनउसम्म पनि पुगें, तर भेटिएन । उसको हुलिया बताउँदै भेट्टाइदिन “मण्डला” मा भाकल राखें । आज सुने उ फेलापर्यो रे/ तर आजभोली उ धेरैको “भिम्के मामा” भएछ। खोजी गरिदिने र उसंग साक्षात्कार गर्ने सबैमा मेरो हार्दिक नमन ।

-अधिवक्ता दुर्गाप्रसाद पाण्डेय

Jhimke Mama Team
The team of Jhimke Mama

 

Event Summary

Starts

January 18, 2020
5:00 PM

Ends

February 9, 2020
6:30 PM

LOcation

Mandala Theatre Hall

Organizer

Mandala Theatre Nepal

Type

Theatre

Entry

Ticket Event

Booking

015705761, 9813564157

More Information

Share this Event

Facebook
Twitter

Event Duration

80 mins

Shows Detail

  • Everyday a single show at 5 PM starting from Magh 04 - 26 2076 (Jan 18 to Feb 09, 2020) at Mandala Theatre Hall, Anamnagar.
  • Two shows every Saturday (1 PM and 5 PM)
  • No show on Mondays.

Event Credits

Production

Mandala Theatre Nepal

Written and Directed by

Pradip Kumar Chaudhary

Story

Durga Prasad Pande

Stage Manager

Anup Neupane 'AJ Bob'

Poster Sketch & Set Design

Sajan Thapa

Props

Rizoon Pariyar

On Stage

Ankeet Khadka, Anup Neupane ‘A J Bob’, Samyog Guragain, Sagar Khati Kami, Reeta Shrestha, Yunish Shrestha, Shusil Pande, Bikash Panta, Mahan Thapa, Usha Kiran Kafle, Rakshya Thapa, Kabya Baral, Arvind Amatya and Krizan Mahat

Jhimke Mama Poster

On Media

On Media

नेपाल लाईभ - अनिल यादव
समग्रमा ‘झिम्के मामा’ हाम्रै समाज वरपर देखिरहेको पात्रको कथा हो। दलितको मुद्दा उठान गर्ने यो नाटकलाई अझ कसिलो र गहकिलो बनाउन सकिने प्रशस्त ठाउँ त थिए, यद्यपि अभिनेता प्रदिपको यो निर्देशकीय प्रयास प्रशंसनीय छ।
देश सञ्चार
मानवतालाई समाजले कसरी पतन गरिरहेको छ भन्ने नाटकमा चित्रण गरिएको छ, समाजमा झिम्केको जस्तो पात्रले राम्रो काम गरे पनि त्यही समाजमा अट्न नसकेको पात्रको एउटा रूप हो।
अनलाइन खबर (समाचार)
नाटकले सामाजिक तथा सस्कारिक रुपमा जकडिएर रहेको जातिय विभाजन र वर्ण व्यवस्थाले आम मानिसको सोचमा कसरी प्रभाव पारिरहेको छ भन्ने कुरालाई देखाउने छ ।
नयाँ पत्रिका
दलित भएका कारण झिम्के मामाले भोगेको दारुणिक कथा नाटकमा छ, जो हाम्रो समाजको यथार्थ पनि हो ।
नागरिक दैनिक - मञ्जु गाैतम
दलित समुदायका सिर्जनालाई माया गरेपनि घृणाको दृष्टिले हेर्ने नेपाली समाजको सोच र परम्परासँगै दलितले बनाएको मूर्ति पुज्ने र सिलाएको कपडा लगाउने तर उनीहरुलाई सम्मान गर्न नसक्ने अवस्थाको चित्रण गरिएको छ।
सिनेपाटि
समाजमा आज पनि उत्तिकै गहिरोसँग जरा गाडेको छुवाछुतले गाउँको लागी एउटा अतुलनीय योगदान गरेका युवा उनको जातको कारण कतिसम्म अपमानित हुन्छन् र जातकै कारण सम्बन्धहरू कसरी टाढा हुन्छन् भन्ने कथा नै नाटकको मर्म हो ।
कान्तिपुर - सुशीला तामा‌ङ
कथा भने सलल बगेको छ । नाटकको मध्यभागसम्म हँसिलो र रमाइला सन्दर्भसति कथावाचन गरिएको छ । झिम्केको वास्तविक कथा पत्ता लागेपछि भने कारुणिकताको मात्र बढेर जान्छ । दर्शकका आँखा रसाउँछन् ।
नेपाल कला डट कम
नाटक झिम्के नाम गरेका एक पात्र वरी परी घुम्छ जसलाई समाजमा एक इमानदार र सोझो युवाको रूपमा चिनिएको हुन्छ । तर उसले समाजका लागी पुर्‍याएको योगदान र इमानदारीताको धज्जी उडाइन्छ जब उ कथित तल्लो जातको भएको कुरा समाजले थाहा पाउँछ ।
फ्रेस न्युज नेपाल
झिम्के मामा सामाजिक यथार्थवादि हो । समाजमा जकडिएर रहेको जातीय विदेभले मानवतालाई कसरी पतन गरिरहेको छ भन्ने विम्ब नाटकमा पस्कन खोजिएको छ । एक व्यक्ति किन अर्को समुदायमा अटाउन सक्दैन भने सामाजिक व्यङ्गय हो ।
सेतोपर्दा
शनिबारदेखि मण्डला नाटकघरमा नयाँ नाटक ‘झिम्के मामा’ मञ्चन हुँदैछ । प्रदिप कुमार चौधरीको लेखन तथा निर्देशन रहेको नाटक मण्डला थिएटरको प्रस्तुतिमा शनिबारदेखि मञ्चन हुन लागेको हो । दुर्गा प्रसाद पाण्डेको कथालाई चौधरीले नै नाट्य रुप दिएका हुन् ।
अनलाईनखबर (समीक्षा)
प्रदीप चौधरीको निर्देशनमा तयार भएको नाटक ‘झिम्के मामा’ले समाजको यथार्थतालाई प्रस्तुत गर्छ । दलित हुदाँ खेप्नु पर्ने अपमान र विभेदलाई नाटकको मुख्य विषय बनाइएको छ ।
हाम्रो आवाज - उर्मिला गम्वा थारु
यसरी हेर्दा यो नाटक सामाजमाथि गरेको ठूलो व्यङ्ग्य देखिन्छ । यस नाटकमा सबै कलाकारहरुको अभिनय तिखारीएको देखिन्छ र निर्देशकीय पनि गज्जबको देख्न पाईन्छ ।

Ticket Information

Ticket TypePrice
Wednesday & ThursdayRs. 300
Friday - TuesdayRs. 500
MondayNo Show (Off Day)
Valid Student ID is required to claim the student tickets rate.

Gallery

Photos: Rizoon Pariyar