Jhimke Mama is a social realistic drama. The play is a satire which tries to show the effect of social and culturally intertwined racial divisions and caste system on the thinking of common people. In addition this play also hits hard to our current social structure according to which the character and usability of any person his determined by his birth and color.
झिम्के मामा सामाजिक यथार्थवादी नाटक हो। यसले सामाजिक तथा सस्कारिक रुपमा जकडिएर रहेको जातिय बिभाजन र वर्णव्यवस्थाले कसरी आम मानिसको सोचमा प्रभाव पारिरहेको छ र कुनै पनि व्यक्तिको चरित्र तथा उपयोगिता उसको जन्म र वर्णले कसरी निर्धारण गर्छ भन्ने कुरामा आधिरित भएर व्यङ्ग गर्छ ।
मण्डलावाणी
झिम्के, पिके र म अर्थात मण्डला। मण्डला थिएटर नेपालमा प्रदिप कुमार चौधरी र म रंगमञ्चीय एक यात्राको दशक पार गर्यौं। हामी एकदम नजिक छौँ। पिके दाई आफैमा कामप्रति हठि हुनुहुन्छ । चाहेको र गर्न मन लागेको काम जसरी पनि गर्नुहुन्छ । मण्डलाका मञ्चमा हामीले धेरै नाटकमा सँगै काम गयौं, केहि देश विदेशमा नाट्य यात्रा पनि गयौं । पिके दाजु, मेरो साथी र सहकर्मी हरेक रूपमा उहाँसँग म नजिक छु । वहाँ अभिनेताका साथसाथै नाटक लेखक, प्रशिक्षक र निर्देशक पनि हुनुहुन्छ । नाटक निर्माणमा उहाँको आफ्नै शैली छ । आफ्नै लेखनका ‘मसानटार’, ‘कालापथ्थर माथि…’ पछि ‘झिम्के मामा’ मण्डला थिएटरको लागि पिके दाइको तेस्रो निर्देशन हो । ‘झिम्के मामा’ समाजिक यर्थाथवादी नाटक हो । समाजका सिमान्तकृत वर्गको कथालाई मुल विषय बनाएर नाटक ‘झिम्के मामा’ तयार भएको छ । समाजका विभिन्न रंग रूपहरू हुन्छन् । ‘नौरंगी डाँफे र इन्द्रेणीबाट रंग छुट्याउनु हुन्न, त्यसरी नै समाजका मानवीय रंगभेद विकराल हुन्छ ।’, भन्ने भाव बोकेको छ । यो समाजले कसैको काम स्वीकार्य गर्छ भने उसको अस्तित्व पनि स्वीकार्नु पर्छ’, भन्ने सन्देश बोकेको छ । नाटकमा कलाकार सम्पुर्ण साथीहरू मेरा प्रिय हुनुहुन्छ । नाटकका लागि पिके दाई अनि सम्पुर्ण टिमलाई बधाई तथा नाटकको सफलताको शुभकामना ।
विजय बराल, सचिव, मण्डला थिएटर नेपाल
कथासार (Jhimke Mama)
झिम्के मामा चरित्र प्रधान नाटक हो । नाटकमा चरित्रहरूको माध्यमबाट एउटा समाजको यथार्थ चित्रण गर्न खोजिएको छ। ‘झिम्के मामा’ को प्रारम्भ एउटा काल्पनिक गाउँ जसको नाम देउरालीबाट शुरू हुन्छ । झिम्के पराई गाउँवाट आई केहि वर्षदेखि देउरालीमा बस्दै आएको छ । त्यहाँ बस्दा झिम्केले देउरालीको मुहार नै फेर्छ । विकास निर्माणका काम गरेर गाउँकै परिचय वदलिदिन्छ । तर जव झिम्केको यथार्थ खुल्छ तब सबैको प्यारो मानिएको पात्र झिम्के सबैको नजरमा छि छि दुर्दरको पात्र हुन्छ। सयौंको जन्ती र मलामी गएका झिम्के आफु मर्दा तीन दिनसम्म उसको लास उठाउने मान्छे पनि पाउँदैन । नाटक ‘झिम्के मामा’ कर्मले जितेर जन्मले हारेको पात्रको कथा हो । व्यवहारले जितेर परम्परा र अन्धविश्वासको चपेटामा पिसिएको एउटा पात्रको कथा हो । सामाजिक संरचनाले ओझेलमा पारेको व्यक्तिको कथा हो, नाटक झिम्के मामा।
लेखकीय/निर्देशकीय
नाटक मेरो लागि उत्कृष्ट साहित्यिक विषय हो । अभिनय मेरो पढाई, नाटकको पुस्तक अध्ययन मेरो रूचि, नाटक वा अभिनय अध्यापन मेरो अभ्यास, नाटक लेखन जिवन र निर्देशन मेरो परिक्षा हो । मण्डला थिएटर नेपालको १० वर्षे सिकाईमा मेरो यो तेस्रो परिक्षा हो । मञ्चनको हिसाबले यो चौथो नाटक हो । ‘झिम्के मामा’ मानवीय संवेदना हराउँदै गईरहेको अहिलेको समाजमा, सामाजिक संरचनाकै कारण कर्मले जितेर पनि जन्मले हारेको एक चरित्रको कथा बोकेको छ । नाटक दलित पात्रको सांकेतिक प्रयोग मात्र हो । खासमा हरेक पल हरेक मान्छे झिम्के को जिवन बाँचिरहेको हुन्छ। नाटकको कथा धेरै कलाकारलाई सुनाए, ज-जसलाई सुनाए सबैजना झिम्केका लागि आफू फिट नै भए तर भिम्के मामामा भने मञ्चसम्म आइपुग्ने टिम बल्ल जुर्यो । बारम्बार झिम्के मामा को कथा सुनाएर मलाई लेखन र निर्देशन गनं झक्झकाउने अधिवक्ता दाजु दुर्गाप्रसाद पाण्डेय यस कथाको बीउ हुनुहुन्छ । अन्ततः आजबाट ‘झिम्के मामा’ तपाईको!
-प्रदिप कुमार चौधरी, लेखक निर्देशक
“साथी हराएको म”
बुटवल दक्षिण दुर्गम गाउँमा जन्मेको म छ वर्षपुरा हुँदा पनि म स्कूल जान नमाने पछि बुवाले नराम्रोसंग कुटनुभो, आमाले फकाउँदै सोध्नुभो के भए पढ्न जान्छौ? मैले भने कालेले गुलेली,धुर्रा खेलाएर घर बस्दा हुने, म पढ्न जानुपर्ने / नपढे के हुन्छ? जान्न स्कूल भनेर उसैसंग गुलेली र भुरू खेलाउन जान्थें । मेरो कुरा सुनेर बुवाले कालेको पनि पढाई खर्च व्यहोर्छ भनेर उसका बावुलाई सम्झाएपछि हामी नर्कमा भना भयो । उसले बुद्धि दिन्थ्यो, पढ्न त पर्छ,अरूभन्दा जान्नेवुझ्ने पनि हुनुपर्छ तर जॉचमा उल्टो लेखेर भाएपनि फेल हुन पाइयो भने धेरै पढ्न पर्दैन, हरेक कक्षामा १/१ चोटी फेल भयौं भने पाँच कक्षा पुग्दा १६ बर्षको पनि भइन्छ, त्यस पछि त नागरिकता बनाएर कि सेनामा भर्ती हुनुपर्छ, कि लाहुर जानुपर्छ, भन्थ्यो । मैले पनि सहमतीमा हुन्छ भन्थे । दैवको नियति / गुजारा नचलेरै होला उसका बावुले अन्यत्रनै बसाई सर्ने निधो गरेछन् । जाने बेलामा छालाले बेरेको गुलेली दिदै ५ कक्षा पछि भर्ती हुने हो, भएन भने लाहुर जाने हो, तँलाई भेट्न आउँछु भन्दै मसँगबाट अस्ताएको कालेको परिवार बिस्तारै बर्दघाट, कावासो तीर चितवनको माडीसम्म बसाई सरेको हुलिया थाहापाएँ । सायद माडीमा फैलिएको औलो, हैजाको महामारीबाट बच्न शिखर ठाउँ खोज्दै मकवानपुरगढीसम्म पुगे होलान् उनीहरू, त्यहाँ पनि गुजारा नचलेपछि भौंतारिदै टिस्टु· पाल को कुनै दलित बस्तीमा सरे होलान् भन्ने मलाई लाग्छ । आज म पनि ५० को लागें, उसले भने झै जिवनमा धेरै पटक फेल भएँ। उ भेटिन्छ कि भनेर लखनउसम्म पनि पुगें, तर भेटिएन । उसको हुलिया बताउँदै भेट्टाइदिन “मण्डला” मा भाकल राखें । आज सुने उ फेलापर्यो रे/ तर आजभोली उ धेरैको “भिम्के मामा” भएछ। खोजी गरिदिने र उसंग साक्षात्कार गर्ने सबैमा मेरो हार्दिक नमन ।
-अधिवक्ता दुर्गाप्रसाद पाण्डेय