मण्डला नाटकघरमा आगामी मञ्चनअन्र्तगत भाद्र २९ गते शुरु हुनेगरी नाटक जालिनीको नियमित मञ्चन हुने सहर्ष जानकारी गराउँदछौं । मण्डला थिएटर नेपालको प्रस्तुतिस्वरुप मञ्चन गरिने यो नाटक पत्रकार एवं लेखक ध्रुवसत्य परियारको कथासंग्रह 'कैरन'मा संग्रहित कथा जालिनीमा आधारित छ । दयाहाङ राईले यो नाटकको निर्देशन गरेका हुन् ।

नाटकको मुख्य भूमिकामा सिर्जना सुब्बा, बिजय बराल, बिनिता गुरुङ र पुष्कर कार्कीको अभिनय रहेको छ भने अन्य कलाकारहरुमा इँगिहोपो कोइँच सुनुवार, पुष्कर कार्की, सागर दाहाल, बिकाश पन्त, सन्जिव राई, दिपक पछलदँग्या, प्रमिला खनाल, शकु शाह, सुदिप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान र देविन चौधरी रहेका छन् । भदौ २९ गतेबाट शुरु गरिने नाटक असोज २१ गतेसम्म नियमित मञ्चन गरिनेछ । नाटक मञ्चनको समय साँझ ५ः३० बजे राखिएको छ भने शनिवार दिउँसो १ बजेको अतिरिक्त प्रदर्शन समेत रहनेछ ।

कथाकार ध्रुवसत्य परियारका अनुसार 'जालिनी'को शाब्दिक अर्थ हुन्छ– चित्रशाला । कुनै कालखण्डमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई कसरी घर वा पर्खालभित्र कैद गरियो ? शासक, उसका मतियार र आसेपासेले कसरी कुसंस्कार पनि निर्माण गरे ? उनीहरूले कसरी एउटा वर्गलाई भूमिहीन र दास बनाए ? त्यसले आजको समाजलाई के–कति असर गरेको छ ? यसबारे आजका मानिसलाई सोच्ने बनाउनु जालिनी कथाको ध्येय हो । कथाकार परियारले नै नाटकको आलेख तयार गरेका हुन् । परियारका कथाहरुमा ऐतिहासिक मिथ र लोककथाहरुलाई समकालिन दृष्टिविन्दुबाट ब्याख्या गरिएको पाइन्छ ।

नाटकका निर्देशक दयाहाङ राई परिचित कलाकार हुन् । राईको निर्देशनमा यसअघि माइला डटकम, डिग्री माइला, मीतज्यु, जिरोजिरो जेड, बैतरणी क्याफे, सिरुमारानी, झ्यालिन्चा, क्लव सेभेन जस्ता नाटकहरु मण्डलामा मञ्चन भइसकेका छन् ।

 

Latest News

Mandala Theatre Nepal is organizing an experimental workshop to work upon our...
मण्डला नाटकघरमा आगामी मञ्चनअन्र्तगत भाद्र २९ गते शुरु हुनेगरी नाटक जालिनीको नियमित...
More inrecent news  

Subscribe Us

 
Scroll to top