Poster of 2nd Eastern Tour
नेपाली कला प्रवद्र्धनको क्षेत्रमा आफ्नो परिचय बनाउँदै गरेको कम्पनी लेट्स इन्टरटेनमेन्ट प्रालिले मण्डला थिएटर नेपालसँगको सहकार्यमा पूर्वाञ्चल (प्रदेश नं. १) का आठ विभिन्न शहरहरु समेट्ने गरी दोश्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४ को आयोजना गर्ने भएको छ । दोश्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४ अन्र्तगत मण्डला नाटक समुह नेपालको चर्चित नाटक सरजमिनलाई लिएर घुम्ती रंगमञ्च भ्रमण कार्यक्रम गरिनेछ । प्रवीण खतिवडाको निर्देशनमा तयार नाटक सरजमिनमा नेपाली रंगमञ्चका चर्चित कलाकारहरु बुद्धि तामाङ, बिजय बराल, बिकाश जोशी, उमेश तामाङ, सोमनाथ खनाल, रञ्जना ओली, बिनिता गुरुङ्ग, संयोग गुरागाईं, रोहित पौडेल, सिजन दाहाल, इँगिहोपो कोइँच सुनुवारलगायतको अभिनय रहेको छ । २०७४ पुष २४ गते इटहरीबाट शुरु हुने नाट्ययात्रा त्यहाँबाट क्रमशः लेटाङ्ग, बेलबारी, चुलाचुली, धुलाबारी, झोराहाट, रमाइलो हुँदै माघ महिनाको ८ गते बिराटनगरमा समापन हुनेछ । नाट्य यात्राका लागि मण्डलाको कलाकार टोली आगामी २३ गते आइतबार पूर्व प्रस्थान गर्दैछ ।

लेट्स इन्टरटेनमेन्ट प्रालिद्वारा गत वर्ष आयोजित पूर्वाञ्चल नाट्य यात्रा २०७३ को दोश्रो संस्करणको रुपमा दोश्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४ आयोजना गर्न लागिएको हो । यस नाट्य यात्राको पहिलो संस्करणलाई राजधानीबाहिर  नेपाली रंगमञ्चको विस्तार गर्न प्रभावकारी भूमिका खेलेको कार्यक्रम मानिन्छ । दश दिवसीय उक्त घुम्ती रंगमञ्च कार्यक्रमअन्र्तगत पूर्वका धरान, इटहरी, बिराटनगर, बेलबारी, लेटाङ र दमकजस्ता शहरहरुमा बन्द प्रेक्षागृहभित्र मण्डला थिएटर नेपालको चर्चित नाटक डिग्री माइला मञ्चन गरिएको थियो । त्यसैगरी मण्डला थिएटर नेपालको घुम्ती रंगमञ्च बस जुनकिरीमा मनचिन्ते फिरन्ते नाटकको मञ्चन गरिएको थियो ।

दोश्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४ अन्र्तगत मण्डला नाटक समुह नेपालको १५ सदस्यीय कलाकार टोलीले १५ दिनका लागि पूर्वाञ्चल भ्रमण गर्नेछ । भ्रमणका क्रममा टोलीले झापाको धुलाबारी,  इलामको  चुलाचुली, सुनसरीको इटहरी लगायत मोरङ्गका रमाइलो, बेलबारी, लेटाङ्ग, झोराहाट र बिराटनगरमा नाटक सरजमिन मञ्चन गर्नेछ । नाट्य यात्राको यसपटकको आकर्षण हुनेछ– स्थाीनय कलाकारहरुका लागि दिइने ५० घण्टे अभिनय कार्यशाला । कार्यक्रमको दौरान मण्डलाको व्यवसायिक कलाकारहरुको टोलीले स्थानीय स्तरमा नाटक गरीरहेका र सिक्न चाहने कम्तीमा २५ कलाकारहरुलाई अभिनयसम्बन्धि आधारभूत प्रशिक्षण दिनेछ । मण्डला थिएटर नेपालका निर्देशक राजन खतिवडा र नाटक सरजमिनका निर्देशक प्रवीण खतिवडासहित नाट्य यात्रामा सरीक अन्य कलाकारहरुले कार्यशालामा तालिम प्रदान गर्नेछन् भने त्यसको सुपरिवेक्षण नेपाली अभिनेता दयाहाङ्ग राईले गर्नुहुनेछ । घुम्ती रंगमञ्च भ्रमणअन्र्तगतको यो कार्यक्रमले राजधानी र मोफसलका कलाकारहरुबीच सञ्चार सम्पर्क बढाउने मात्र नभएर स्थानीय कला र कलाकारहरुलाई सशक्तीकरण गराउन समेत मदत पु¥याउने विश्वास गरिन्छ ।

दोश्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४ को माध्यमद्वारा पूर्वी नेपालका कलाप्रेमी समुदायहरु माझ गुणस्तरीय नाट्य प्रस्तुतिहरु लैजाने उद्देश्य मण्डला थिएटर नेपाल र लेट्स इन्टरटेनमेन्टले राखेको छ । नेपालका चर्चित कलाकार र उनीहरुको प्रस्तुतिलाई स्थानीय समुदायका दर्शकहरुले आफ्नै घरआँगनमा हेर्न पाउने भएकाले पूर्वमा यस कार्यक्रमको विशेष महत्व रहनेछ । यस कार्यक्रमको ध्येय केन्द्रिकृत नेपाली कला र सांस्कृतिक गतिविधिलाई विकेन्द्रित गर्नु मात्र नभई राष्ट्रियस्तरमा ख्याति कमाएका ब्राण्ड र उत्पादनहरुलाई राष्ट्रकै चर्चित सेलिब्रेटीहरुको माध्यमद्वारा स्थानीय स्तरमा प्रवद्र्धन गराउने मौका प्रदान गर्नु पनि हो । स्थानीय संघसंस्थाहरुसँग मिलेर आयोजना गरिने भएकोले यस कार्यक्रमले स्थानीय कला र संस्कृतिको विकासमा टेवा पु¥याउने विश्वास पनि हामीले लिएका छौं । यसका स्थानीय आयोजकहरुमा कलालय इटहरी, परिवर्तन थिएटर काँकडभिट्टा, चुलाचुली रंगमञ्च चुलाचुली, रमाइलो युवा क्लव रमाइलो, झोराहाट नाट्य केन्द्र भोराहाट र आरोहण गुरुकुल बिराटनगर रहेका छन् । बेलबारी र लेटाङ्गमा भने स्थानीय सरकार र सम्पूर्ण संघसंस्थाहरुसँग समन्वय गरेर सहकार्यमा कार्यक्रम आयोजना गरिदैंछ । कार्यक्रमको व्यवस्थापन लेट्स इन्टरटेनमेन्ट प्रा.लिका कार्यकारी प्रमुख बिकाश बुढाथोकीले गर्दैछन् ।

कार्यक्रमको प्रचारप्रसार तथा सफलताका लागि आआफ्नो क्षेत्रबाट सहयोग गरिदिन हुन सम्पूर्ण पत्रकार मित्रहरु तथा सञ्चार माध्यमहरुमा हार्दिक अनुरोध गर्दछौं । 

कार्यक्रमसम्बन्धित थप जानकारीका लागि ०१४२४९७६१ वा ९८४९००९८२६ वा ९८४२७९०६२२ मा सम्पर्क गर्न सकिनेछ । हाम्रो फेसबुक पेज https://www.facebook.com/letsentertainmentpvtltd/?ref=bookmarkshttps://www.facebook.com/MandalaTheatreNepal/?ref=bookmarks बाट समेत थप सूचना लिन सकिनेछ !

सद्भाव, सहयोग तथा सुझावको अपेक्षासहित ।

(तस्वीर: नबिनबाबु गुरुङ)

 

सोमनाथ खनाल 

मण्डला थिएटर नेपाल 

९८४९२९६४६१

Scroll to top